Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बंगलादेशीलाई अमेरिका पठाइदिन्छु भन्दै नेपाल ल्याएर लाखौँ ठगी गर्ने ३ विदेशी सीआईबीको फन्दामा

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रोहिङ्ग्या शरणार्थीलाई प्रलोभनमा पारी बेचबिखन तथा ओसारपसार गरेको आरोपमा २ जना म्यान्मारी र १ जना बंगलादेशी नागरिकसहित ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा म्यान्मार घर भइ काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–११ बस्ने २७ वर्षीय नूरुल अमिन तथा २७ वर्षीय शफिक आलम र बंगलादेश घर भइ काठमाडौंको डल्लु बस्ने ३० वर्षीय अजमत उल्ला रहेका छन्।

सीआईबीका अनुसार पक्राउ परेका उनीहरुले बंगलादेशमा रहेका रोहिङ्ग्यालाई नेपाल पुगेपछि अमेरिका जान पाइने र नेपालमा बस्दा मासिक भत्ता समेत पाइने भनेर प्रलोभनमा पार्ने गरेका थिए ।

उनीहरुले पुरुषलाई प्रतिमहिना ५ हजार ७ सय ५०, महिलालाई ३ हजार ७ सय ५० र बालबालिकालाई २ हजार ७ सय ५० रुपैयाँ भत्ता पाइने तथा अन्य सुविधाहरु पनि राम्रो रहेको भन्दै भारतको बाटो हुँदै बंगलादेशमा रहेका रोहिङ्ग्यालाई नेपाल पुर्‍याउने गरेको सीआईबीले जनाएको छ।

त्यसबापत उनीहरुले १ जना व्यक्तिबाट २ लाख ५० हजार टाका (बंगलादेशी मुद्रा) लिने गरेको गरेको पनि  अनुसन्धानमा खुल्न आएको सीआईबीका एसपी श्याम कुमार महतोले बताए।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा पठाइएको सीआईबीका एसपी श्याम कुमार महतोले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077