Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहको विज्ञप्तिविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश

काठमाडौँ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे र छिमेकी मुलुक भारतकोबारे नकारात्मक टीकाटिप्पणी नगर्न भन्दै गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति खारेजीको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

यसअघि गत बुधबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश र अन्तरिम आदेशबारे छलफलका लागि बोलाउने आदेश गरेको थियो।

सोमबार न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

गत भदौं २३ गते अधिवक्ता प्रवेश केसीले गृहको विज्ञप्ति खारेजीको माग गर्दै रिट दायर गरेका थिए। उक्त रिटमा गृहको वक्तव्य संविधानले दिएको विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकार विपरीत भएको दाबी अन्तरिम आदेश माग गरिएको थियो।

गृहले १८ भदौमा एक विज्ञप्ति निकालेर एमसीसीबारे नकारात्मक टिप्पणी नगर्न भनेको थियो ।

[insert page='86430' display='yopanipadhnuhos.php']

[insert page='84954' display='yopanipadhnuhos.php']

[insert page='84630' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077