Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिका, युके र अष्ट्रेलियाबीचको सम्झौताबारे उत्तर कोरियाको विरोध, कारवाहीमा उत्रिने चेतावनी

एजेन्सी । अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको रक्षा सम्झौता (ओकस)लाई उत्तर कोरियाले पनि विरोध गरेको छ । उक्त सम्झौताको यसअघि चीन र फ्रान्सले पनि विरोध गरेका थिए ।

सोमबार उत्तर कोरियाले एक विज्ञप्ति जारी गर्दै उक्त सम्झौताबारे अमेरिकाको आलोचना गर्दै यसबाट उत्तर कोरियाको सुरक्षामा असर पर्ने जनाएको छ।

विज्ञप्तिमा अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको सम्झौता निकै खतरानक रहेको र यसले एसिया प्रशान्त क्षेत्रमा सुरक्षा सन्तुलनलाई नष्ट गर्ने उल्लेख गरिएको छ । साथै यसले हतियारको दौडलाई बढावा दिने बताइएको छ।

उत्तर कोरियाले यो सम्झौतालाई नजिकबाट नियालिरहेको र यसको सानो मात्र नकारात्मक असर देखिएको अवस्थामा पनि त्यसविरुद्ध कारबाहीमा उत्रिने बताएको छ ।

गत शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडनले अष्ट्रेलिया र बेलायतसँगको सुरक्षा सम्झौताको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077