Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • संखुवासभा हत्याकाण्डमा नयाँ रहस्य : मुख्य योजनाकार लोकबहादुरको काका रहेको प्रहरीको दाबी, थप ४ जना सार्वजनिक

    संखुवासभा हत्याकाण्डमा नयाँ रहस्य : मुख्य योजनाकार लोकबहादुरको काका रहेको प्रहरीको दाबी, थप ४ जना सार्वजनिक

    अनलाइन नेपाल
  • सोमबार, ४ असोज २०७८
  • 1.6K
    SHARES

    सङ्खुवासभा  । गत भदौ २८ गते मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामूहिक हत्या घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा थप ४ जनालाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय संखुवासभाले उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थप ४ जनालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की  रहेका छन्।



    त्यस्तै २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्की पनि पक्राउ परेको प्रहरीले बताएको छ ।



    गत भदौ २१ गते ८२ वर्षीया पार्वती कार्की, उनका ५५ वर्षीय छोरा तेजकुमार कार्की, ५४ वर्षीया बुहारी मनमाया कार्की, ३२ वर्षीया नातिनी बुहारी रञ्जना कार्की, ८ वर्षीय नाति दिवेन कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो । उक्त घटानमा संलग्न भएको आरोपमा गत भदौ २७ गते प्रहरीले पक्राउ गरी लोकबहादुर कार्कीलाई सार्वजनिक गरिसकेको छ ।

    यस्तै, घटनामा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएका चारै जनामाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा आरोपीहरूले घटना स्वीकार गरेको र घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोबाइलसमेत बरामद भएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

    अनुसन्धानबाट खुलेका थप तथ्यहरू :

    घटना योजनावद्धढंगवाट ५ जनाको समूहले घटाएको जुन योजना अभियुक्त लोक बहादुर कार्कीको घरमा घटना अघिल्लो रात राति ८ बजे मुख्य योजनाकार खड्ग बहादुर कार्की सहित हस्त बहादुर कार्की, लोक बहादुर कार्की नरेश कार्कीसमेत बसी बनाएको । योजनाअनुसार घटनाको दिन २१ गते बिहान मृतक तेज कुमार कार्की खेताला बोलाउन लोकबहादुरको घरमा आउने र सोही अवसरमा मौका छोपी तेजकुमार र कमला कार्कीको हत्या गर्ने अन्यले थाहा पाए भने उनिहरूको पनि हत्या गर्ने साथै अनुकुल मिलेमा तेज कुमारको घरमा भएको धनमाल समेत लाने योजना रहेको ।

    घटनाको दिन मृतकको पिप्ले स्थित खेतमा अभियुक्तहरू खड्गबहादुर कार्की, हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्की समेत खेताला जाने कुरा पहिला नै निश्चित भएको ।

    योजना अनुसार खड्गबहादुर कार्की विहान ५ बजे नै तेज कुमार कार्कीको घरमा गई “लोकबहादुर अल्छि छ घरमै गएर खेताला निश्चित गर्नु” भनि तेजकुमार कार्कीलाई लोकबहादुर कार्कीको घर तर्फ जान अभिप्रेरित गरि घर तर्फ फर्केको र तेज कुमार लोकबहादुर कार्कीको घर तिर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्तबहादुर निजको घर पछाडि चिर्पट बाेकी तयारी हालतमा बसेको ।

    मृतक तेजकुमार कार्की विहान ५ बजे उठी लोकबहादुरको घरमा खेताला निम्बित गई गुनि रहेको लोकबहादुर लाई “अल्छि अझै सम्म उठेको छैनस्” भन्दै कराएपछि लोकबहादुर उठेको, लोकबहादुरको भाई नरेश कार्की रणबहादुर कार्की समेत घरमै रहेको । घरवाट फर्केने क्रममा योजना अनुसार लोकबहादुरले भाई नरेशलाई ईसारा गरि आफुले दाउराको चिर्पट र अलैची काट्ने चक्कु बाेकी पछि–पछि गई घर पछाडिको गोगनेको रूख नजिक मृतक तेज कुमारको टाउकोमा प्रहार गरि लडाएको र खड्गबहादुर र हस्तबहादुरले दाउराको चिर्पट लिई आई तेजकुमार माथि प्रहार गरेको र हस्त बहादुरले चक्कुले पेटमा प्रहार गरि डिलबाट लडाई वाटोमा झारी हत्या गरि घोप्टो पारेको ।

    घटनाको बेला मृतकले “लोकेले मार्यो, मलाई नमार” भन्दै गरेको हार गुहार सुनेपछि “मेरो श्रीमानलाई नमार” भन्दै तेज बहादुरको श्रीमती र बुहारी आएकोमा लोकबहादुरले कमला कार्कीलाई प्रहार गरेको, कमलाको घाटिमा हस्तबहादुरले छुरा प्रहार गरेको र बुहारी रञ्जनालाई नरेशले ठेली खोल्सामा झारेको र खडकबहादुर, लोकबहादुर र हस्तबहादुर मिलि हत्या गरेको । मृतक रञ्जनाको लास रणबहादुर र नरेश समेतले कमलाको लास भएको स्थानसम्म पुर्याउन सहयोग गरेको । उक्त घटनाको बेला मृतक नावालकहरू दिपेन र गोमा समेत घर नजिकको बाटोमा आएको देखि हस्तबहादुर र लोकबहादुरले बाटो छेकी मुख थुनि लोकबहादुरले चिर्पटले हिर्काई घाँटी बटारी हत्या गरेको ।

    तत्पश्चात पाँचै जना अभियुक्तहरू मृतकको घर तर्फ गएको र घरमा मृतक ८४ वर्षीय पार्वती कार्की मकै नंग्याइरहेको अवस्थामा हस्त बहादुरले समाती घर पछाडिको गोठ नजिक लगि लोकबहादुरले टाउको भित्तामा ठोक्काई घाटी बटारी हत्या गरेको र सबै जना घटनामा प्रयोग गरेको चिर्पट र छुरी बाेकि लोकबहादुरको घरमा गई लागेको रगत पखाली छुरी घुई बुईकलमा लुकाएको, चिर्पटहरू अगेनामा डडाएको, रगत लागेको कपडाहरू समेत लुकाएको । खड्गबहादुर र निजको छोरा हस्तबहादुर घर तर्फ गएको। फर्कने क्रममा रञ्जनाको ओप्पो मोवाईल नरेशले लिएर आई स्विच अफ गरि घरमुनिको ओडारमा लगि लुकाएकोमा अनुसन्धानको क्रममा फेला परेको । पुनः खड्गबहादुर र निजको छोरा हस्तबहादुर लोकबहादुरको घरमा गई सबै जना मिलि कसैले सोधेमा घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भनि भन्ने यदि प्रहरी आई पत्ता लगाएमा लोकबहादुरले मानसिक औषधी पनि खाने कारण निजले जिम्मा लिने भन्ने सल्लाह गरि फर्केको ।

    घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको र अनुसन्धानको क्रममा सबै अभियुक्तहरूले घटना स्वीकार गरेको र घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोवाईल समेत वरामद गरि थप अनुसन्धान भई रहेको ।

    घटना घटनुका कारणहरु:

    अभियुक्तहरू मध्ये खड्गबहादुर नियमित रूपमा रक्सी खाने र घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट गाली गलौज गर्ने र तेज कुमारले ‘तं जड्याहा किन यसो गर्छस्” भनि गालि गर्ने र खड्गबहादुरले पनि “तलाई के मतलव तलाई मार्छु” भन्दै झगडा गर्ने गरेको र लोकबहादुरलाई “तं पागल, अल्छि, केहि काम गर्न सक्दैनस् भन्ने गरेकाे, नरेशलाई “तं डुडे काम नलाग्ने भईस” भन्ने र रणबहादुरलाई समेत “तं लठेब्रो केही गर्ने सक्दैनस् भन्ने गरेको, जहिले पनि हेप्ने आफु सम्पन्न भएको फुर्ति दिने गरेको भनि मनमा ईख पालेको र घटनाको दिने अभियुक्तहरू समेत मृतकको खेतमा खेताला जानु पर्ने कारण सोहि मौका छोपि योजना बनाई हत्या गरेको ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार