Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पदक वितरण काण्ड : जब गृहमन्त्री खाँणले नै तपाई पदक थाप्ने हो भनेर सोधे...

काठमाडौं । सरकारले संविधान दिवसका अवसरमा विभिन्न व्यक्तिहरुलाई पदक तथा विभूषण प्रदान गरेको छ। तर कतिपय व्यक्तिलाई पदक के योगदानका लागि दिइएको भन्ने स्पष्ट नहुँदा सरकारले ठूलो आलोचना खेपिरहेको छ।

पदक वितरणमा नातावाददेखि लिएर सत्ता, शक्ति र पदको चरम दुरुपयोग भएको पाइएको छ। यसैकारण कतिपयले त सरकारले दिएको विभूषण नै अस्वीकार गरेका छन्। पदक वितरणमा सशस्त्र प्रहरीमा पनि विभेद भएको भन्दै असन्तुष्टिका स्वरहरु नसुनिएका हैनन्।

कानुनअनुसार राष्ट्रिय जीवनमा विशिष्ट योगदान गरेकाहरू मात्रै विभूषित हुन सक्ने व्यवस्था छ। तर, त्यसको आधार र औचित्य नखोजी मनोमानी र तजबिजी रूपमा पदक बाँड्ने क्रम बढिरहेको भन्दै यसको चर्को विरोध भएको हो।

यता एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख एवं एमाले स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङदेखि सामाजिक सञ्जालमा आबद्ध अनेक तहका व्यक्तिले सरकार र विभूषण पाएका केही व्यक्तिका नाममा चर्काे विरोध गरेका छन्।

यस्तै, पदकबारे वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले सनसनीपूर्ण खुलासा गरेका छन्। उनले गरेको खुलासाबाट नै पदक वितरणमा अनियमितता भएको पुष्टि हुने देखिन्छ। सामाजिक संजालमार्फत् उक्त कुराबारे खुलासा गरेका संग्रौलाले आफूलाई गृहमन्त्री बालकृष्ण खाँणले पदक लिने हो भनेर सोधेको उल्लेख गरेका छन्।

गृहमन्त्री खाँणले आफूलाई पदक थाप्ने हो संग्रौलाजी भनेर सोधेकोमा आफूले भने मलाई सोध्नु नै मरो भावना र निष्ठाको लाख सम्मान हो भनेको संग्रौला बताउँछन्।

‘पदक पाएकोमा भनेर मलाई पनि एकाध बधाई आए।पाउनु र झन्डै पाढनुमा ठूलो अन्तर छ।गृहमन्त्री खाणले पदक थाप्ने हो भनेर मलाई सोध्नु भाथ्यो। ’मलाई सोध्नु नै मरो भावना र निष्ठाको लाख सम्मान हो खाणजी,’ मैले भनेँ।यसरी मैले झन्डै पाएको पदक बापत आएका बधाईलाई झन्डै बधाई मान्नुपर्ला !’ संग्रौलाले फेसबुकमा लेखेका छन्।

तर खास योगदानका लागि दिइने पदक जो कोहीलाई वितरण गर्न थालिएपछि यसको महत्त्वका विषयमा प्रश्न उठेको छ। विशेष क्षेत्रमा विशेष योगदान दिनेहरुलाई दिइनुपर्ने पदक पद र शक्तिका आडमा आमा, बुबा, श्रीमतीलाई दिइन थालिएको भन्दै नागरिक आन्दोलनका अभियानताले यसको विरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077