काठमाडौं । ६९ बर्षीय हाँस्यकलाकार रमेश केसीको सुटिङमा सेटमै निधन भएको छ ।
उनको आज बिहान ९ बजे म्युजिक भिडीयो सुटिङ सेटमै निधन भएको हो।
बिहान मोटरसाइकल चलाएरै सुटिङमा पुगेका उनी केही समयपछि बेहोस भएका थिए । बेहोस भए लगतै उनलाई गंगालाल हृदयरोग केन्द्रमा पुर्याइएको थियो । तर अस्पताल पुर्याइए लगतै उनलाई अस्पतालले मृतक घोषणा गरेको थियो ।
पारिवारिक स्रोतका अनुसार मृतक केसीको अन्त्येष्टी आजै पशुपति आर्यघाटमा गरिने छ । केसीका २ छोरा, ३ छोरी र श्रीमती छन् ।
उनले चर्चीत टेलिफिल्म हर्के हवल्दार, तितो सत्य, एकादेशको चुरीफुरीलगायतहरुमा काम गरेका छन्।
Leave a Reply