Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • माधव नेपालका पिता र प्रचण्ड पत्नी सीतालाई प्रसिद्ध जनसेवाश्री पदक

    माधव नेपालका पिता र प्रचण्ड पत्नी सीतालाई प्रसिद्ध जनसेवाश्री पदक

    अनलाइन नेपाल
  • आइतबार, ३ असोज २०७८
  • 2.6K
    SHARES

    काठमाडौं। संविधान दिवसका असरमा ९०३ जनालाई मान-पदवी, अलंकार र पदकबाट विभूषण गरिने भएको छ।

    ९०३ जनाको सूचीमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका दिवंगत पिता र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नीको नाम पनि समावेश छ ।



    माधवका पिता स्वर्गीय मंगलप्रसाद उपाध्यायलाई प्रबल जनसेवाश्री पदक घोषणा गरिएको छ । उनको नाम प्रबल जनसेवाश्रीको दोस्रो नम्बरमा छ।



    त्यस्तै, प्रचण्डकी बिरामी पत्नी सीता दाहाललाई राजनीतिक अभियन्ताका रूपमा प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिने भएको छ। उनको नाम ३६ औं नम्बरमा छ ।

    यसैबीच पत्रकार हरिबहादुर थापा र कार्टुनिष्ट रवीन सायमीले विभूषण नलिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल मार्फत दुवैजनाले विभूषण नलिने जानकारी गराएका हुन् । पत्रकार थापाले विभूषण सिफारिस गर्नुअघि आफूलाई नसोधिएको पनि उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार