काठमाडाैं । कार्टुनिस्ट रवीन सायमीले ‘प्रवल जनसेवाश्री’ विभूषण अस्वीकार गरेका छन् ।
२९ भदौको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सायमीसहित ९०३ जनालाई विभूषण तथा पदक प्रदान गर्ने घोषणा गरेकी थिइन् ।
उक्त सूचीमा सायमीको नाम ‘प्रवल जनसेवाश्री’ पदक पाउनेको ६६औँ नम्बरमा छ ।
तर, सायमीले सरकारबाट घोषणा भएको उक्त विभूषण आफूले ग्रहण नगर्ने सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् ।
पदकमध्ये सबैभन्दा ठूलो मानपदवीका रूपमा रहेको नेपाल रत्न सन्त नेता तथा पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिनेछ।
यस्तै, अन्य ठूला पदक पाउनेमा स्व. मंगलादेवी सिह, मोहनचन्द्र अधिकारी र पोष्टबहादुर बोगटी रहेका छन्। यसैगरी, राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु¥याएबापत द्वारिकादेवी ठकुरानी, भीमदत्त पन्त, भूविक्रम नेम्वाङ, रानुदेवी अधिकारी, भक्तराज आचार्य, सन्तोष शाहलाई उपल्लो स्तरको पदक प्रदान गर्न लागिएको छ।
Leave a Reply