Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • भूमिगत गायिका विष्णु माझीलाई पनि विभूषणद्वारा सम्मान गरिने

    भूमिगत गायिका विष्णु माझीलाई पनि विभूषणद्वारा सम्मान गरिने

    अनलाइन नेपाल
  • आइतबार, ३ असोज २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । संविधान दिवसको अवसर पारेर प्रदान गरिने विभिन्न मानपदवी र विभूषण यसपटक ९ सय ३ जनाले पाउने भएका छन्। सरकारले यो अवसरमा ९ सय ३ जनालाई विभिन्न पदकबाट सम्मानित गर्न लागेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले २९ भदौको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गर्ने भएकी हुन्। जसमा सबैभन्दा ठूलो मानपदवीका रूपमा रहेको नेपालरत्न सन्त नेता तथा पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिनेछ।



    यस्तै, अन्य ठूला पदक पाउनेमा स्व. मंगलादेवी सिह, मोहनचन्द्र अधिकारी र पोष्टबहादुर बोगटी रहेका छन्। यसैगरी, राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु¥याएबापत द्वारिकादेवी ठकुरानी, भीमदत्त पन्त, भूविक्रम नेम्वाङ, रानुदेवी अधिकारी, भक्तराज आचार्य, सन्तोष शाहलाई उपल्लो स्तरको पदक प्रदान गर्न लागिएको छ।



    त्यस्तै भूमिगत गायिका विष्णु माझीलाई प्रबल जनसेवाश्री पदकबाट सम्मान गरिने भएको छ। गीत चर्चामा आएपनि लामो समयदेखि सार्वजनिक नभएकी गायिका माझीलाई पनि पदकबाट सम्मान गर्न लागिएको हो।

    पछिल्ले समय ‘चरी जेलैमा’ भन्ने गीत हिट भएपछि उनको खोजी भएको थियो। मानवअधिकार आयोगले विष्णु माझीको अवस्थाबारे जानकारी गराउन जिल्ला प्रशासन कार्यालयलाई पत्र पनि लेखेको थियो। चरी जेलैमा गीतलाई उनको जीवनसँग जोडेर पनि चर्चा गरिएको छ।

    यसैगरी बागमती सफाइ अभियन्ता माला खरेल, वरिष्ट कार्टुनिस्ट रविन सायमी, खेलाडीहरू ज्ञानेन्द्र मल्ल र किरण चेम्जोङ, गायिकाहरू देविका प्रधान, अक्सिजन सप्लाइकर्ता शंकरलाल अग्रवाल, कोभिडविरुद्ध जनचेतना फैलाउन उल्लेख्य भूमिका खेलेका स्वास्थ्य विशेषज्ञ डा. शेरबहादुर पुन र डा. रविन खड्कालाई पनि विभिन्न पदकद्वारा विभूषित गरिने भएको हो।

    गायकहरू हेमन्त शर्मा, प्रकाश सपुत, नायिका केकी अधिकारी, नायक अनमोल केसीलाई पनि विभूषित गरिने भएको छ। यसैगरी, पशुपतिमा लास जलाएर उल्लेख्य भूमिका निर्वाह गर्दै आइरहेकी सपना रोका मगर, एसिड पीडित मुस्कान खातुन, तेजिया फौजा मगर, यौनिक अल्पसंख्यक अभियान्ता भूमिका श्रेष्ठ, पर्वतारोही कल्पना महर्जनलगायतलाई पनि महत्वपुर्ण विभूषण प्रदान गर्न लागिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार