Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएपछि नवीना लामा आक्रोशित

काठमाडौं । विवादकैबीच अनेरास्ववियुको अध्यक्षमा सुनिता बराललाई चयन गरिएको छ। शनिबार तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा भएको अनेरास्ववियुको स्थायी समिति र सचिवालय बैठकले बराललाई अध्यक्षमा चयन गरेको हो।

अनेरास्ववियुका पूर्व अध्यक्षदेखि वर्तमान उपाध्यक्षहरुले उक्त बैठक बहिस्कार गरेका थिए। बैठकमा पूर्वअध्यक्ष नवीना लामा र उपाध्यक्षद्वय रश्मी आचार्य र महेश बर्तौलाले गएका थिएनन्।

अध्यक्षका दाबेदार उपाध्यक्ष रश्मी आचार्य र महेश बर्तौलालाई नेतृत्व नदिई झापा घर भएकी सुनिता बराललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष बनाउन दबाब दिएको भन्दै पार्टीभित्रै विवाद देखिएको छ।

अनेरास्ववियुको नेतृत्व चयन प्रक्रियाको पूर्वअध्यक्ष नवीना लामाले सामाजिक संजालमै विरोध गरेकी छन्। ‘अब झन् यस्तो परिस्थितिमा पनि हाम्रो कम्युनिष्ट पार्टी एमालेमा निष्ठावान कार्यकर्तालाई न्यायको ढोका बन्द हुँदै गएको र बिभेदले सीमा नाघेको अनुभूति भयो। चाकरीवाद मूर्दावाद,’ उनले फेसबुकमा लेखेकी छिन्।

सांसद समेत रहेकी नवीना लामाले चाकरी गर्नेहरुलाई ओलीले अनेरास्ववियुको नेतृत्वमा लगेको आरोप लगाएकी हुन्। लामाले भने रश्मी आचार्यलाई अखिलको अध्यक्ष बनाउन लबिङ गरिरहेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077