Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन

काठमाडौं – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छन्। शनिबार भएको केन्द्रीय सचिवालयको बैठकले बराललाई अध्यक्ष चयन गरेको हो।

त्यस्तै उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन भएका छन्। अध्यक्ष ऐन महरसहित पदाधिकारीले भने विद्यार्थी संगठनबाट बिदा लिएका छन्।

यसअघि अध्यक्षमा सुनिताबाहेक उपाध्यक्षहरू रश्मी आचार्य, महेश बर्तौला पनि अध्यक्षका दाबेदार थिए। त्यस्तै २२ औं सम्मेलनबाट निर्वाचित सचिव तथा प्रवक्ता आरसी लामिछाने पनि अध्यक्षको प्रतिस्पर्धामा थिए।

अध्यक्षका दाबेदारमध्ये रश्मी आचार्य देशकै ठूलो पृथ्वीनारायण क्याम्पस पोखराका स्वतन्त्र विद्यार्थी यूनियनका सभापति हुन्। २०६५ सालमा उनी निर्वाचित भएपछि पिएनमा स्ववियू चुनाव भएको छैन।

त्यस्तै महेश बर्तौला मकवानपुर बहुमुखी क्याम्पसका पूर्वस्ववियू सभापति हुन् भने सुनिता बराल एमालेको विद्यार्थी विशेष जिल्ला कमिटीकी सचिव पनि हुन्।

सुनितालाई भने पार्टी नेतृत्वको ग्रिन सिग्नल मिलिसकेको बताइएको थियो। अखिलका निर्वाचित सचिवमध्ये सुदेश पराजुली, आरती लामा र वसिम आलम नेकपा एसमा लागेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077