Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेश : एकीकृत समाजवादीबाट थपिएका मन्त्री र राज्यमन्त्रीले लिए शपथ

धनगढी ।  सुदूरपश्चिम प्रदेशमा दुई नयाँ मन्त्रीले सपथ लिएका छन्। आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका तारा लामा तामाङ र अर्थ राज्यमन्त्रीमाया तामाङ बोहराले आजै प्रदेश प्रमुख समक्ष शपथ लिएका छन् ।

अल्पमतमा परेका अर्थमन्त्री प्रकाशबहादुर शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले भदौ २२ गते पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालय मन्त्री विहीन रहेको थियो ।

मन्त्री तारा लामा तामाङ एमालेका पूर्व प्रमुख सचेतक हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेपछि माधव समूहमा लागेका तारा लामा तामाङले एमाले विभाजन हुँदा एकीकृत समाजवादी रोजेका थिए ।

एमाले विभाजनपछि बझाङकी माया तामाङले एकीकृत समाजवादीलाई रोजेकी थिइन्।

प्रदेश सभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, सभामुखसहित एमालेका ११, जसपा र लोसपाका एकरएक सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077