Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सर्भिस माण्डु, रिटेल सेवा र इक्यानबीच सम्झौता, छिटो-छरितो सेवामा आकर्षक छुट

    सर्भिस माण्डु, रिटेल सेवा र इक्यानबीच सम्झौता, छिटो-छरितो सेवामा आकर्षक छुट

    अनलाइन नेपाल
  • शुक्रबार, १ असोज २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । सर्भिस माण्डु, रिटेल सेवा र नेपाल शैक्षिक परामर्श संघ (इक्यान)बीच सम्झौता भएको छ ।

    शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा इक्यानका अध्यक्ष प्रकाश पाण्डे तथा सर्भिस माण्डु र रिटेल सेवाका अध्यक्ष सुरज केसीले सम्झौतामा हस्ताक्षर गरे ।



    उक्त सम्झौताअनुसार सर्भिस माण्डु र रिटेल सेवाले आफुले दिँदै आएका सेवा इक्यान, इक्यानसँग सम्बन्धित संस्था तथा व्यक्तिलाई उपलब्ध गराउनेछ ।



    सर्भिस माण्डु र रिटेल सेवाका अध्यक्ष केसीले सम्झौताअनुसार इक्यान, इक्यानसँग सम्बन्धित संस्था तथा व्यक्तिलाई छिटो र छरितो सेवा आकर्षक छुटमा प्रदान गरिने जानकारी दिए । उनले छिटो छरितो सेवा दिएर इक्यानको विश्वास जित्ने प्रतिवद्धता जनाए ।

    कार्यक्रममा इक्यानका अध्यक्ष पाण्डेले विभिन्न सेवाको सहजताका लागि सर्भिस माण्डु र रिटेल सेवासँग सम्झौता गरेको बताए । उनले सर्भिस माण्डु र रिटेल सेवाबाट गुणस्तरीय र छिटो छरितो सेवा पाउने अपेक्षा गरेको बताए ।

    सर्भिस माण्डु र रिटेल सेवा कोरोना भाइरसका कारण लकडाउन भएको समयमा स्थापना भएका संस्था हुन् । सो क्रममा सर्भिस माण्डु र रिटेल सेवाले कोरोनासँग सम्बन्धित मास्क, सेनिटाइजर, थर्मल गनलगायतका सामाग्री व्यक्तिको घरघरमा पुर्याएको थियो ।

    अहिले सर्भिस माण्डु र रिटेल सेवाले ग्राहकलाई आवश्यक परेका वस्तु अनलाइन सेवामार्फत ग्राहकको घरघरमा उपलब्ध गराउँदै आएको छ । यी दुई कम्पनीले कपडा, इलेक्ट्रोनिक्स, स्वास्थ्य, सौन्दर्यलगायतका सामाग्री उपलब्ध गराउँदै आएका छन् ।

    कार्यक्रममा पत्रकार ऋषि धमाला, इक्यानका पूर्व अध्यक्ष विष्णु हरि पाण्डे, इक्यानका उपाध्यक्ष शेषराज भट्टराई, महासचिव दिपक राज भुषाल, सर्भिस माण्डु र रिटेल सेवाका निर्देशक सुदीपचन्द्र बख्रेल, सर्भिस माण्डुका अर्का निर्देशक बैकुण्ठ ढुंगानालगायतको सहभागिता थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार