Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रिपरिषद विस्तारबारे नेपालको जवाफ - म प्रधानमन्त्री भए ठ्याक्कै भनिदिन्थे, कहिले भनेर...

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने ठोकुवा गरेका छन्।

शुक्रबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले यस्तो ठोकुवा गरेका हुन्।

अध्यक्षको पदभार ग्रहण गर्दै नेपालले भने,' हामी छिट्टै (यो हप्ता)मा सरकारकामा सहभागी हुनेछौं,’असोज ५ गते हाम्रो पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ, त्यसपछि हामी सरकारमा जान्छौं। '

आफूहरु आज भने आजै, भोलि भने भोलि नै सरकारमा जान तयार रहेको बताउदै नेपालले भने, 'म प्रधानमन्त्री भए ठ्याक्कै भन्थे, कहिले भनेर, सम्भवत यो हप्ताभित्र हामी सहभागी हुन्छौं।'

यस्तै, नेकपा एस बोलेर होइन गरेर देखाउने पार्टी बन्ने दाबी गर्दै  नेपालले भने, हामीहरु हावादारी कुरा गरेर जनतालाई अलमल्याउदैनौं, काममार्फत देखाउछौं, हाम्रो पार्टीमा नेता कार्यक्रता सबै समान हुन्छन्।'

शुक्रबारबाट नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय नयाँ बानेश्वरस्थित आलोकनगरबाट सञ्चालनमा आएको छ। तीनकुने पुल दक्षिणमा पूजा थापा बस्नेतको घरमा रहेको कार्यालयको एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले शुभारम्भ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077