Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यस्ता छन् एमसीसीबारे माधव नेपालले अघि सारेका सात शर्तहरु (पूर्णपाठ)

काठमाडाै । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसी पास हुन नसक्ने जिकिर गरेका छन्।

शुक्रबार नयाँ बानेश्वरस्थित आलोकनगरमा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष नेपालले एमसीसीका बारेमा आफूहरुका विभिन्न सात शर्त रहेको बताए।

अध्यक्ष नेपालको एमसीसीबारे राखेका शर्तहरुको यसप्रकार छन् :

१, एमसीसीमा कुनै सेक्युरिटी अम्ब्रेलामा बस्नुपर्ने शर्त छ कि छैन ? यदी त्यस्तो शर्त भएमा मन्जुर नहुने।
२, स्वतन्त्र परराष्ट्र नीति अवलम्बन र पञ्चशीलको सिद्धान्त अवलम्बन गर्ने परराष्ट्र नीतिविपरीत हुने कुनै पनि शर्त आफूहरुलाई स्वीकार्य नहुने।
३, छिमेकीप्रति कुनै किसिमको आशंका हुने परिस्थिति स्वीकार्न नसक्ने।
४, प्रोजेक्टमा नेपालको स्वामित्वमा रहने, सार्वभौम अधिकार नेपालको रहने सुनिश्चित हुनुपर्ने।
५, बौद्धिक सम्पत्तिमा नेपालको अधिकार रहने सुनिश्चितता गरिनुपर्ने।
६, एमसीसी परियोजनामा नेपाली कामदार, नेपालीले रोजगारी पाउने कुराको सुनिश्चितता हुनुपर्ने .
७,एमसीसी परियोजनाको लेखा परीक्षणमा महालेखा परीक्षकको अधिकार रहने सुनिश्चितता हुनुपर्ने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077