Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तनहुँमा ट्रक खोलामा खस्यो : चालकको मृत्यु

तनहुँ । तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा शुक्रबार बिहान ट्रक दुर्घटना भएको हो।

प्रहरीका अनुसार डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना७ख ९२३७ नंको ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षीय पुरुषको मृत्यु भएको हो।

मृतकको नामथर नखुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिएका छन्। दुर्घटनामा ट्रकमा एक व्यक्ति घाइते भएका छन्। घाइते हुनेमा नवलपरासी कावासोतीका १४ वर्षीय राजकुमार विक रहेका छन्।

विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ। उनको खुट्टा र कुहिनोमा चोट लागेको छ। ट्रक सडकबाट १० मिटर तल बुल्दीखोलामा खसेको थियो। मृतकको शव दमौली अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077