Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको जिप रामेछापमा दुर्घटना : ३ जनाको मृत्यु, एक घाइते

काठमाडौं । बिहीबार बिहान काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको जिप रामेछापमा दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार जिल्लाको मन्थली नगरपालिका-६ हात्तीसारमा भएको उक्त जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । जसमा अर्का एक बालक गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार मृत्यु हुनेमा ओखलढुंगा घर भएका अन्दाजी ३४-३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबा रहेका छन् । अर्का मृतकमध्ये एकजनाको सनाखत नभएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते बालक पेम्बा शेर्पालाई उद्धार गरी थप उपचारका लागि काठमाडौं रेफर गरिएको रामेछाप प्रहरीले बताएको छ। दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077