Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • रातारात भाइरल बन्यो बिष्णु रिमालको फेसबुक पोष्ट, कमेन्टमा चल्यो पक्ष-विपक्षबीच कडा दोहोरी

    रातारात भाइरल बन्यो बिष्णु रिमालको फेसबुक पोष्ट, कमेन्टमा चल्यो पक्ष-विपक्षबीच कडा दोहोरी

    अनलाइन नेपाल
  • बिहिबार, ३१ भाद्र २०७८
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका स्थायी कमिटी सदस्य विष्णु रिमालले तत्कालीन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताच्युत गर्ने सर्वोच्च अदालतको फैसलाबारे कटाक्ष गरेका छन्।

    बुधबार मध्यान्ह नेता रिमाले सामाजिक सञ्जालमार्फत् एक स्टाटस पोष्ट गरेका थिए। जसमा प्रतिनिधिसभा विघटनको निर्णय उल्ट्याउने सर्वोच्चको फैसलालाई कटाक्ष हानिएको छ।



    रिमालले लेखेका छन्, ‘मेरो विश्वास लोकतन्त्रमा हो, लोकतन्त्रका नाममा मच्चाइने अराजकतामा हैन । मेरो विश्वास कानूनी राजमा हो, कानूनकै घोडा चढी जारी गरिने ‘हुकुम’मा हैन । मेरो विश्वास संविधान र कानूनमा हो, संविधानलाई नै शंसोधन गर्ने जाली व्याख्या र कानून विपरितको फैसलामा हैन । मेरो सम्मान न्यायमूर्तिप्रति हो, मनलाग्दी गर्ने न्यायालयका जागिरेप्रति होइन ।’



    रिमालले उक्त स्टाटस फेसबुकमा पोस्ट गरेपछि त्यसको कमेन्टमा समर्थक र विपक्षीको बीचमा दोहोरी शैलीमै बहस भइरहेको छ । कमेन्टमा केहीले रिमालप्रति नै कटाक्ष गरेका छन् । केहीले रिमालको समर्थन गर्दै समर्थन गर्दै सरकारको आलोचना गरेका छन् ।

    कमेन्टमा रामकृष्ण शर्मा लेख्छन् : ‘मेरो विश्वास गुरू भट्टराईमा हो, कुलमान घिसिङमा होइन, मेरो भरोसा विद्या भण्डारीमा हो, अष्टलक्ष्मी हरूमा होइन, मेरो लक्ष्य यति ओम्नी पाल्नेतिर हो, आत्महत्या गर्ने राजबंशीतिर होइन, मेरो उदेश्य गाली र तुच्छ बचन लगाउनु हो, सत्कर्म, निष्पक्षता र सम्मान होइन, मेरो हैसियत बालुवाटार र सिंहदरबार होइन, बालकोटको बार्दली हो, मेरो भिजन परिणाममुखी काम होइन, भ्रम छर्ने र स्वीच थिचेर बाटो बनाउने हो..र मेरो भ्रम, म बाहेक अरूसँग आँखा र दिमाग नै छैन।’

    यस्तै, भिष्मराज सिवाकोटी लेख्छन् : ‘बिगतमा प्रजातन्त्र ,राजनैतिक आन्दोलनका उपलब्धि नारायणहिटिले आफ्नो सुबिधामा प्रयोग गर्‍यो । अहिले ती उपलब्धि , संबिधानका मुल्य मान्यता रामशाहपथबाट निमोठिने काम भएको छ। गल्ती को बाट भयो, निर्मम समिक्षाको जरुरी छ !! बिधायिका, कार्यपालिका एक न्यायाधीशको नियन्त्रणमा! जनप्रतिनिधि निरीह मुकदर्शक!’

    यसैगरी, अर्का कमेन्टर टेकनारायण पौडेल दयालुले लेखेका छन् : ‘देउवाको सरकार बनेपछि यी विषय उठ्नै छोडेका छन।१.निर्मला पन्त,२.लिम्पियाधुरा-कालापानी,३.महङ्गी,४.बालुवाटार जग्गा,५.जयसिंह धामी,६.कोरोनासम्बन्धी भ्रष्टाचार,७.वाइड बडी जहाज,८.सार्वजनिक यातायातमा बढेको २८ प्रतिशत भाडा।मानौं,यो देशमा रामराज्य वा समाजवाद आएको छ।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार