Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • तालिबान सरकारभित्र लफडा, शीर्ष नेताहरुबीच नै भनाभन र टकरावको स्थिति

    तालिबान सरकारभित्र लफडा, शीर्ष नेताहरुबीच नै भनाभन र टकरावको स्थिति

    अनलाइन नेपाल
  • बुधबार, ३० भाद्र २०७८
  • 2.2K
    SHARES

    एजेन्सी । अफगानिस्तानमा तालिबानले अन्तरिम सरकार घोषयाा गरिसकेको छ। आफ्नो शासन शुरु गरेको केही समयमै तालिबान सरकारभित्र लफडाहरु शुरु हुन लागेको छ।

    तालिबानका बरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बीबीसीले तालिबान सरकारमा सहभागी नेताहरु विभाजित भएको बताएको हो। उनका अनुसार राष्ट्रपति भवनमा तालिबानका सहसंस्थापक मुल्ला अब्दुल गनी बरादरको समूह र एक क्याबिनेट सदस्यबीच भनाभन भएको थियो।



    पछिल्ला केही दिनयता मुल्ला गनी बरादर सार्वजनिक रुपमा देखिएका छैनन्। त्यसपछि नै तालिबानमा नेतृत्वका विषयमा असहमति सतहमा आएको मानिएको छ। तर, यी खबरलाई तालिबानले भने आधिकारिक रुपमा खारेज गरेको छ। तालिबानले गत महिना अफगानिस्तानमा आफ्नो नियन्त्रण स्थापित गरेको थियो। त्यससँगै अफगानिस्तानलाई इस्लामिक गणतन्त्रबाट इस्लामिक इमिरेट बनाउने घोषणा गरिएको थियो।



    तालिबानले ७ सेप्टेम्बरमा नयाँ मन्त्रिपरिषदको घोषणा गरेको थियो जसमा सबै पुरुष छन् र शीर्षमा रहेका सबै पछिल्लो २ दशकमा अमेरिकी बलमाथि आक्रमणको लागि कुख्यात छन्। तालिबानको एक सूत्रले बीबीसी पश्तोसँग कुरा गर्दै बरादर र खलील उर रहमानबीच आपसी भनाभन भएको बताएको छ। त्यसपछि दुईका समर्थक एक अर्कासँग भिडेका थिए। खलील उर रहमान हक्कानी नेटवर्ककका नेता र तालिबान सरकारमा शरणार्थी मन्त्री हुन्।

    यो विवादका प्रत्यक्षदर्शीसमेत रहेका कतारस्थित तालिबानका एक शीर्ष सदस्यले गत हप्ता यो घटना भएको पुष्टि गरेका छन्। सूत्रका अनुसार अन्तरिक सरकारमा उपप्रधानमन्त्री बनाइएका बरादर सरकारको संरचनासँग सन्तुष्ट नभएका कारण विवाद भएको थियो। अफगानिस्तानमा जीतको श्रेयलाई लिएर तालिबानी नेताहरुमा विवाद छ।

    रिपोर्टका अनुसार बरादर उनको कूटनीतिका कारण तालिबानले अफगानिस्तानको सत्ता पाएको मान्छन् भने हक्कानी नेटवर्ककका सदस्य र समर्थकहरु भने अफगानिस्तानमा जीत लडाइँको बलमा पाएको मान्छन्। हक्कानी नेटवर्कको नेतृत्व तालिबानका एक शीर्ष नेतासँग छ।

    बरादर तालिबानको पहिलो यस्तो नेता हुन् जसले २०२० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा सिधै कुरा गरेका थिए। यसअघि उनले तालिबानको तर्फबाट दोहा सम्झौतामा अमेरिकी सैनिक फिर्ता जाने विषयमा सम्झौतामा हस्ताक्षर गरेका थिए।

    अर्कोतर्फ शक्तिशाली हक्कानी नेटवर्क छ जो पछिल्ला वर्षहरुमा पश्चिमी बलहरुमाथि सबैभन्दा हिंस्रक आक्रमणमा संलग्न थियो। अमेरिकाले यसलाई आतंकवादी संगठन घोषित गरेको छ। यसका नेता सिराजुद्दीन हक्कानी तालिबानको नयाँ सरकारमा गृहमन्त्री छन्। गत हप्ता तालिबानको सबैभन्दा अहम अनुहार मानिने बरादर अचानक गायब भएपछि हल्ला धेरै नै चलेको छ। सामाजिक संजालमा उनको मृत्युको खबरसम्म फैलियो।

    बीबीसीसँग तालिबान सूत्रले बताएअनुसार विवादका कारण बरादर काबुल छोडेर कान्दाहार गएका छन्। सोमबार बरादरको नामबाट एउटा अडियो क्लिप जारी भएको थियो जसमा उनले आफू यात्रामा बाहिर भएको बताएका छन्। अडियो क्लिपमा उनले अहिले आफू जहाँ भए पनि ठिक भएको बताएका छन्। काबुलमा भनाभन भएपछि उनी त्यता हाँक्किएको समाचारमा उल्लेख गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार