Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सरकारलाई ओलीको व्यंग : घण्टाघर हामी बनाउँछौं

बुटवल। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकारले बनाउन केही नजानेको भन्दै भत्काउन मात्रै जानेको आरोप लगाएका छन् ।

बुधबार बुटवलमा आयोजित रुपन्देहीस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही दिनअघि गठबन्धनको सरकारले घण्टाघर बनाउने भनेर गरेको घोषणा हास्याँस्पद रहेको बताए।

‘यिनीहरुले घण्टाघर बनाउँछन् रे, यिनीहरुले बनाउँदैनन् भत्काउन मात्रै जानेका छन्, यिनीहरुले भत्काए भने पनि हामी बनाउँछौ घण्टाघर’ ओलीले भने।

कार्यक्रममा अध्यक्ष ओलीसहित उपमहासचिवद्वय बिष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्यद्वय टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077