Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एमाले अध्यक्ष ओली बुटवलमा (फोटो फिचर)

बुटवल । पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न मंगलबार गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (बुधबार) बुटवल आइपुगेका छन् ।

बुधबार अध्यक्ष ओली रुपन्देहीस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न बुटवल आइपुगेका हुन्। भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा अध्यक्ष ओली, उपमहासचिवद्वय पौडेल र भुसाल, स्थायी कमिटी सदस्यद्वय टोपबहादुर रायमाझी र छविलाल विश्वकर्मालगायतका नेताहरुको उपस्थिति रहेको छ । साथै, कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको भन्दै एमाले नेता बिष्णु रिजालले सामाजिक सञ्जालमार्फत् तस्बिरहरु सार्वजनिक गरेका छन्।

हेर्नुहोस् रिजालको फेसबुकबाट लिइएको उक्त कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरुको तस्बिर:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077