Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

    एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ३० भाद्र २०७८
  • 1.9K
    SHARES

    फाइल: तस्विर

    कञ्चनपुर। जिल्लाको कृष्णपुर नगरपालिका– ५ का अन्दाजी ४५ वर्षीय कृष्णबहादुर ऐरको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ।

    पूर्व–पश्चिम राजमार्गको कृष्णपुर नगरपालिकाको गुलरियानजिकै कैलालीको अत्तरियाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ च २८८ नं को एम्बुलेन्सले साइकलमा दूध बोकेर जाँदै गरेका ऐरलाई ठक्कर दिएको हो।



    एम्बुलेन्सको ठक्करबाट घाइते भएका ऐरको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानलेले बताए।



    एम्बुलेन्सका चालक भीमदत्त नगरपालिका– १६ का अन्दाजी ४० वर्षीय गणेश विष्टलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार