Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • १७ बर्षपछि तोडियो भारतको एकाधिकार, निजी कम्पनीको रेल आइपुग्यो वीरगंज

    १७ बर्षपछि तोडियो भारतको एकाधिकार, निजी कम्पनीको रेल आइपुग्यो वीरगंज

    अनलाइन नेपाल
  • बुधबार, ३० भाद्र २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । नेपाल–भारत रेल सेवा सुरुवातको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल नेपाल आइपुगेको छ ।

    बुधबार बिहान हिम्ड टर्मिनल प्रालीको एक कार्गो रेल खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेर नेपाल आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।



    योसँगै नेपालको सुख्खा बन्दरगाहसम्म मालसामान ढुवानीमा आउने रेलमा भारत सरकारको एकाधिकार तोडिएको छ ।



    २०६१ सालमा भएको नेपाल–भारत रेल सेवा सम्झौताअनुसार भारतीय सरकारी स्वामित्वको रेलले मात्रै नेपालमा सेवा दिंदै आए पनि सन् २०२१ मा भएको दुई देशबीचको पुनरावलोकन सम्झौता पछि नेपालमा निजी क्षेत्रका रेलले पनि सेवा सञ्चालन गर्न पाउने बाटो खुलेको हाे ।

    भारतीय रेल्वेको भगिनी संस्था कोन्करले मात्र नेपालमा रेलमार्फत कन्टेनर ल्याउँदै आएको थियो । जुन, निजी क्षेत्रको प्रवेशसँगै तोडिएको हो । हिन्द टर्मिनलले हल्दिया बन्दरगाहबाट उक्त सामान ल्याएको इन्टरमोडलले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार