एजेन्सी। भारतको हैदरबादस्थित तेलंगना शहरमा भएको बलात्कार घटनाका आरोपितलाई त्यहाँका मन्त्रीले इन्काउन्टरमा गोली हानेर मारिदिने बताएका छन्।
९ सेप्टेम्बरमा ६ वर्षकी एक बालिकाको पहिले बलात्कार र त्यसपछि हत्या भएको थियो । त्यसपछि फरार रहेका आरोपीलाई पुलिसले खोजी गरिरहेको छ ।
तेलंगना सरकारका श्रीम मन्त्री मल्ला रेड्डीले हैदराबादमा भएको यो घटनाबारे मिडियासँग कुरा गर्दै पीडितले छिटै न्याय पाउने बताए । मल्ला रेड्डीले भने ‘ हैदराबादकी बच्चीको हत्या गर्नेले कडा सजाय पाउनुपर्छ । हामी उसलाई गिरफ्तार गर्नेछौं त्यसपछि इन्काउन्टरमा मारिदिनेछौं ।’
पुलिसले यस घटनामा दोषी भएको आरोपमा ३० वर्षका एक व्यक्तिको खोजी गरिरहेको छ । जसका लागि पुलिसले १५ जनाको छानबिन समिति बनाएको ।
हैदराबाद पुलिसले आरोपीको टाउकोको मूल्य १० लाख भारतीय रुपैयाँ (१६ लाख नेपाली रुपैयाँ) तोक्दै उनको बारेमा जानकारी दिनेलाई उक्त इनाम दिने बताएको छ।
Leave a Reply