Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बोइङ प्रकरण : ४५ करोड बराबरको इन्जिन भेटिएपछि वायु सेवा निगमसँग अख्तियारले माग्यो स्पष्टिकरण

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका दुई कमर्चरीसँग स्पष्टिकरण मागेको छ। बोइङ जहाज लिलाम भइसकेपछि स्पेनमा भेटिएको इन्जिनलगायत ४५ करोड रुपैयाँ बराबरका पार्टपुर्जाबारे आयोगले स्पष्टिकरण सोधेको हो।

आयोगका अनुसार निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र इन्जिनियरिङ तथा मर्मत विभागका प्रमुख तथा नायब महाप्रबन्धक कर्णबहादुर थापालाई अख्तियारमा बोलाएरै स्पष्टीकरण सोधिएको हो।

अख्तियारका आयुक्तहरू किशोरकुमार सिलवाल, जयबहादुर चन्द, सचिव तोयम रायाले निगमले केही साताअघि अमेरिकी कम्पनीलाई लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गरिएको दोस्रो बोइङ (गण्डकी) का छुटाइएका पार्टपुर्जा र इन्जिनबारे पौडेल र थापाबाट जानकारी लिएका थिए।

उक्त प्रकरणबारे निगमका महाप्रबन्धक पौडेल र नायब महाप्रबन्धक थापाले स्पेनमा इन्जिन मर्मत गर्न पठाइएको जानकारी र तीन वर्षको सम्झौता सकिएपछि इन्जिन मर्मत पनि हुन नसकेको र लिलाम गर्दा छुटाइएको बताउँदै आएका छन्।

अख्तियारले उनीहरुलाई बोइङका छुटाइएका इन्जिन र पार्टपुर्जाबारे विस्तृत लेखेर पठाउन भनेको छ। ८९ हजार घण्टा उडिसकेको ३० वर्षको बोइङसहित पार्टपुर्जा निगमले लकडाउनका बेला बढाबढ प्रक्रियाबाट अमेरिकी कम्पनी सीएसडीएसलाई ६७ करोड रुपैयाँमा लिलाम गरेको थियो।

त्यही जहाजको ३९ करोड रुपैयाँ बराबरको इन्जिन स्पेनको मड्रिड सहरस्थित आइबेरिया एयरलाइन्सको मर्मत केन्द्रमा भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077