Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकैपटक ५ सय ३४ कैदीको सजाय मिनाह र ७ कैदीलाई आममाफी दिने सरकारको तयारी

काठमाडौं । सरकारले विभिन्न अपराधमा सजाय भोगीरहेका ५ सय ३४ जना कैदीलाई बाँकी सजाय मिनाह र ७ जनालाई आममाफी दिने तयारी गरेको छ।

गृह मन्त्रालयले सिफारिसमा संविधान दिवसको अवसर पारेर गृहले उनीहरुको सजाय मिनाहा र केहीलाई आममाफी दिन लागिएको हो। गृह मन्त्रालय स्रोतका अनुसार असल चालचलन भएका र त्यसमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका ५ सय ३४ कैदीलाई बाँकी सजाय मिनाहाका लागि सिफारिस गरिएको हो। त्यस्तै ७ जनालाई आममाफी दिन सिफारिस गरिएको छ।

यो सिफारिस अनुसार आगामी असोज ३ गते संविधान दिवसको दिन बाँकी सजाय मिनाह र आममाफी पाएका केदीको विवरण सार्वजनिक गरिने छ। यी दुवै विषय मन्त्रिपरिषद्को निर्णयका आधारमा राष्ट्रपतिबाट प्रमाणित भएपछि मात्र कार्यान्वयनमा आउने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077