Online Nepal
  • शनिबार, २० पुष २०८१
  • ओलीका पूर्व पिएसओ डिएसपी तामाङको करोडौंको बंगला

    ओलीका पूर्व पिएसओ डिएसपी तामाङको करोडौंको बंगला

    अनलाइन नेपाल
  • मंगलबार, २९ भाद्र २०७८
  • 4.1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका डिएसपीको मासिक तलब हाल ४० हजार तीन सय ८० रुपैयाँ छ । तलबबाट धेरै प्रहरी अधिकारीलाई घर धान्न, छोराछोरी पढाउन गाह्रो छ । तर, यति नै तलब खाने कतिपय अधिकृतले भने काठमाडौंमै करोडौंका महल ठड्याएका छन् ।

    त्यसमध्ये एक हुन् डिएसपी सन्तोष तामाङ । जसले हालै करिब १० करोड मूल्य बराबरको घर बनाएका छन् । ललितपुरको झम्सिखेलमा रहेको उनको पाँच तले घर देखेर उनका समकक्षी समेत चकित हुने गरेका छन् । आनाको करिब करोड रुपैयाँ पर्ने झम्सिखेलमा उनले सात आना जग्गामा रिसोर्ट शैलीमा भव्य भवन बनाएका छन् ।



    एक सामान्य प्रहरी अधिकृतले यस्तो भव्य घर कसरी बनाउन सफल भए ? स्रोत भन्छ–प्रहरी आवरणमा डिएसपी तामाङले अवैध गतिविधि गर्दै आएका छन् ।



    झापा घर भएका उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको आडमा समेत सम्पत्ति जोडेको स्रोत बताउँछ । ओली पहिलोपटक प्रधानमन्त्री हुँदा उनी ओलीका पिएसओ थिए । त्यही कारण रसुवाको प्रहरी प्रमुख हुने अवसर पाए । रसुवामा हुँदा सुन तस्कर समूहसँग मिलेर तस्करीको लाइन खुलाएर उनले मोटो रकम कमाएको स्रोत बताउँछ ।

    त्यसो त उनी आफैं पनि ठेक्कापट्टाको काममा संलग्न छन् । ठमेलमा गुन्डागर्दी गर्ने उमेश लामासँगको साझेदारीमा उनले ठेक्कपट्टा गर्दै आएका छन् । उमेश लामा र डिएसपी तामाङको श्रीमतीको नाममा पबित्रा मल्टिपल जेभी र भण्डार फोटुङग नामक कम्पनी रहेको स्रोत बताउँछ । तिनै कम्पनीमार्फत उनी ठेक्कापट्टामा संलग्न छन् । साथै अवैध गतिविधिमा संलग्न समूहसँग उनको साँठगाँठ रहेको स्रोत बताउँछ ।

    यो त एउटा प्रतिनिधि घटना मात्र हो । नेपाल प्रहरीमा यसरी रातारात करोडपति बन्नेहरुको संख्या ठूलो छ । तल्लो तहका प्रहरीहरु तलबबाट परिवार पाल्नै नपुगेपछि राजीनामा दिएर पलायन भइरहेका बेला ठूला नेतानिकट प्रहरी अधिकृतहरु भने पदको दुरुपयोग गरेर यसरी रातारात सम्पत्ति जोडिरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिको छानबिन नै गर्न छाडेकाले पनि यसरी कमाउनेहरुको मनोबल बढेको छ । भन्न त ओली आफैँले भ्रष्टाचारीको मुखै हेर्दिन पनि भने, तर आफ्नै पिएसओ भ्रष्ट भएको उनले पत्तै पाएनन् । दृष्टि साप्ताहिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार