काठमाडौं । सरकारले एकैपटक ८५ जना सहसचिवको सरुवा गरेको छ । सरुवा भएका अधिकांशलाई प्रदेश मन्त्रालयहरूको सचिवमा पदस्थापन गरिएको छ ।
१३ जना शिक्षा सेवा, ५ जना वन सेवा, ९ जना इन्जिनियरिङ र ५४ जना प्रशासन सेवा गरी ८५ जना सहसचिवको सरुवा भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट मंगलवार सहसचिवको सरुवा गरिएको हो । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार मन्त्रीस्तरीय निर्णय गर्दै उक्त सरुवा गरिएको हो ।
उक्त मन्त्रालयको जिम्मेवारी अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्दै आएका कारण मन्त्रीको हैसियतमा देउवाको हस्ताक्षरबाट सहसचिवहरूको सरुवा गरिएको हो ।
सरूवा सूची
Leave a Reply