Online Nepal
  • बुधबार, १० पुष २०८१
  • यी अफगानी सुन्दरी जसले रातो बिकिनीमा र्याम्प वाक गर्दा सर्वोच्च अदालत समेत हल्लियो

    यी अफगानी सुन्दरी जसले रातो बिकिनीमा र्याम्प वाक गर्दा सर्वोच्च अदालत समेत हल्लियो

    अनलाइन नेपाल
  • मंगलबार, २९ भाद्र २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । अफगानिस्तानमा तालिबानले सत्ता आफ्नो हातमा लिएपछि चारैतिर हंगामा मच्चिएको छ । तालिबानीहरुले अफगान महिलाहरुलाई पुन: बुर्का र कालो ड्रेसमा मात्र बाहिर निस्किन पाउने कानुन बनाइसकेको छ।

    तालिबानहरुकै कारण महिलाहरु कैयौं वर्षपछि पुन: बुर्काहरु लगाउन बाध्य भएका छन् । तर, तालिबान सत्तामा आउनुअघि त्यहाँका महिलाहरु कपडा र फेशनमा देखिएका थिए । तीनै फेशन सो गर्ने मध्ये एक हुन् -विदा समादजाई जसका कारण देशमा त्यतिबेला पनि ठूलो बबाल मच्चिएको थियो ।



    सन् १९७८ फेब्रुअरी २२ मा अफगानिस्तानको राजधानी काबुल जन्मिएकी विदा अफगानी मूलकी मोडल तथा अभिनेत्री हुन् । सन् २००३मा मिस अफगानिस्तानको उपाधि जितेकी विदाले अन्तर्राष्ट्रिय ब्युटी पेजेन्ट मिस अर्थ २००३ मा पनि भाग लिएकी थिइन् ।



    उक्त कार्यक्रम उनले रातो बिकिनीमा र्याम्प वाक गरेकी थिइन् । उनको यो बिकिनी पोजका कारण निकै विवाद भएको थियो । अफगानिस्तानका कैयौं मानिसहरु विदाले बिकिनी लगाएका कारण आक्रोशित भएका थिए । अफगानिस्तानको सर्वोच्च अदालतमा पनि उनले बिकिनी लगाएको कुराको चर्को आलोचना भएको थियो । अदालतले यस किसिमको अंग प्रदर्शन इस्लामी कानुन र अफगान परम्पराविरुद्ध भएको टिप्पणी समेत गरेको थियो ।

    १९९६ मा अफगानिस्तानबाट अमेरिका गएकी विदाले पछि अमेरिकाकै नागरिकता लिइन् । हाल विदाले अमेरिकामै रहेर अफगानी महिलाहरुको अधिकार र उनीहरुको शिक्षाको लागि च्यारिटी सुरु गरेकी छिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार