Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सूदुरपश्चिम प्रदेश सरकारलाई एकीकृत समाजवादीको समर्थन

धनगढी । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीको सुदूरपश्चिम प्रदेशसभा, संसदीय दलको बैठकले प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ। नेकपा (एमाले)बाट अलग भई गठन भएको सो पार्टीको धनगढीमा आज बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो।

नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा रहेको प्रदेश सरकारमा नवगठित उक्त दलसमेतको प्रतिनिधित्व रहेको छ। बैठकले संसदीय दलको विधान बनाउन समिति गठन गरेको प्रदेशसभा सदस्य दुर्गाकुमारी कामीले जानकारी दिइन्।

सो पार्टीको संसदीय दलको नेताका लागि तीन जना आकांक्षी देखिएका छन्। भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सो पार्टीका केन्द्रीय सदस्य एवम् आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी र तारालामा तामाङ आकांक्षी रहेको बताइएको छ।

नेकपा (एमाले)को कैलाली र कञ्चनपुरको तत्कालीन अध्यक्षमा क्रमशःसोडारी र तामाङ थिए। कैलालीमा गठन भएको एमालेको समानान्तर समूहलाई केही दिन अघि नै नव गठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा रुपान्तरित गरिएको थियो।

सुदूरपश्चिम प्रदेशसभामा एमालेबाट निर्वाचित १४ प्रदेशसभा सदस्य नवगठित पार्टीमा लागेपछि प्रदेशसभामा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ। एमाले सभामुख बाहेक दश जना सदस्यमा सीमित भएको छ। यस्तै प्रदेशसभामा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ सदस्य छन्। जनता सामाजवादी पार्टीको विभाजनसँगै प्रदेशसभामा रहेका सो पार्टीका दुई सदस्य पनि छुट्टाछुट्टै दलमा आवद्ध भएका छन्।

राजपाका प्रदेशसभा सदस्य कृष्णबहादुर चौधरीले लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत गराएका छन्। अर्का प्रदेशसभा सदस्य मालामति रानाथारु जनता समाजवादी पार्टीमा नै रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077