काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका सिडिओको सरुवा गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बारा र तनहुँका सिडिओ फेरिएका हुन् । गृह मन्त्रालय स्रोतका अनुसार बारामा कृष्णबहादुर कटवाल तथा तनहुँमा विश्व अर्यालको सरुवा भएको छ ।
अर्याल विपद् जोखिम प्राधिकरण तथा कटवाल झुम्का कारागारमा कार्यरत थिए ।
गृह मन्त्रालयले अन्य जिल्लाका सिडिओको पनि सरुवा तयारी थालेको छ ।
आजै मात्र गृहमन्त्री बालकृष्ण खाँडको सिफारिसमा प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी प्रमुखमा एसपी बिनोद घिमिरेलाई पठाएको छ ।
Leave a Reply