Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाबुरामले भने, ‘एमसीसी देशको हितमा छ, छिटो पास गर्नुपर्छ’

गोरखा । नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विषयमा बहस भइरहेको छ। कोही एमसीसीका पक्षमा त कोही यसको विपक्षमा खुलिरहेका छन्। कोही भने न्यूट्रल छन्।

तर जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई एमसीसी पक्षमा उभिएका छन्। भट्टराईले अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुने जानकारी दिएका छन्।  सोमबार गृहजिल्ला गोरखामा पत्रकारसँग कुरा गर्दै भट्टराईले एमसीसीमा राष्ट्रिय सहमति गरेर छिटो अनुमोदन गर्नुपर्ने बताएका हुन्।

‘यसमा राजनीतिक दलहरुले छिटो भन्दा छिटो सहमति गरेर यो सम्झौतालाई अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुन्छ। तर हाम्रो पार्टी जसपाले एक्लै निर्णय गर्न सक्दैन। त्यस अर्थमा राष्ट्रिय सहमतिबाटै टुंगो लागोस’ उनले भने।

केही दिनअघि उनले एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग भेट गरेका थिए। त्यसबेला सत्ता गठबन्धनसँग छलफल गरेर अघि बढ्ने बताएका भट्टराईले हाल छिटो एमसीसी अनुमोदन गर्नुपर्नेमा जोड दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077