काठमाडौं । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय रौतहटमा एसपी विनोद घिमिरेको सरुवा गरेको छ ।
प्रधान कार्यालयले जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा कार्यरत एसपी घिमिरेलाई रौतहट प्रहरी प्रमुखमा खटाउने निर्णय गरेको हो ।
रौतहट प्रहरी प्रमुख रहेका एसपी सिद्धिबिक्रम शाह पत्रकारलाई लागूऔशध हालेर फसाएको काण्डमा तानिएपछि प्रहरी प्रधान कार्यालयले उनलाई कारबाहीस्वरुप फिर्ता गरेको थियो ।
प्रधान कार्यालयले सोमबार रौतहटमा एसपी घिमिरेलाई खटाउने निर्णय गरेको हो ।
घिमिरेले जिल्ला प्रहरी कार्यालय कैलाली र गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको कमाण्ड गरिसकेका छन्।
Leave a Reply