Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपा समाजवादी प्रदेश २ को संसदीय दलको नेतामा महतो चयन

जनकपुरधाम । नेकपा एकीकृत समाजवादी (एस) प्रदेश २ को संसदीय दलको नेतामा शत्रुधनप्रसाद महतोलाई चयन गरिएको छ ।

संसदीय दलको नेतामा महतोलाई चयन गरिएको नेकपा एसका सांसद प्रमोद यादवले जानकारी दिए ।

संसदीय दलको नेतामा चयन भएका महतो तत्कालिन नेकपा एमालेबाट धनुषाको क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित भएका थिए ।

केन्द्रमा बनेको गठबन्धन अनुसार प्रदेश सरकारमा सहभागी हुने तयारी भइरहेको नेकपा एसले जनाएको छ । तर, कहिले र कतिवटा मन्त्रालयमा सहमति हुने भन्ने टुंगो लाग्न बाँकी रहेको सांसद यादवले जानकारी दिए ।

प्रदेश २ मा नेकपा एमालेका २१ सांसद थिए । जसमध्ये १३ सांसदले नेकपा एस रोजेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077