Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • तालिबानका प्रवक्ता मुजाहिदको दावी–भूत सम्झने अमेरिकी सेनाले मलाई चिनेनन्

    तालिबानका प्रवक्ता मुजाहिदको दावी–भूत सम्झने अमेरिकी सेनाले मलाई चिनेनन्

    अनलाइन नेपाल
  • सोमबार, २८ भाद्र २०७८
  • 2.6K
    SHARES

    एजेन्सी। तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले आफू वर्षौंसम्म अफगानिस्तानको राजधानी काबुलमा आफ्ना विरोधीहरुको नाकमुनि बसिरहेको तर विरोधीहरुले आफूलाई कहिल्यै भेट्टाउन नसकेको दावी गरेका छन् ।

    पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्युनलाई दिएको अन्तरवार्तामा मुजाहिदले भनेका छन्–‘उनीहरु (अमेरिका र अफगान सेना) लाई लाग्थ्यो कि म अस्तित्वमै छैन । म कैयौं पटक उनीहरुको पकडमा आउनबाट बचें त्यसैले उनीहरुले मान्न थालेका थिए कि जबीहुल्लाह कुनै काल्पनिक व्यक्ति हो । यस्तो कुनै व्यक्ति वास्तविकतामा छैन ।’



    कैयौं वर्षपछि मिडियालाई दिएको अन्तरवार्तामा मुजाहिदले अमेरिकी सेनाहरुले आफूलाई ‘भूत’ सम्झिने गरेको दावी गर्दै भनेका छन्–‘मलाई लाग्छ कि उनहिरुको यस्तो सोचका कारण मलाई धेरै सहयोग मिल्यो । म वर्षौंसम्म काबुलमा बसें । जोकोहीको नाकमुनि । म देशमा हरेक ठाउँमा घुमें । म त्यो फ्रन्टलाइनसम्म पुग्न पनि सफल भएँ जहाँ तालिबानले आफ्नो अपरेशन पूरा गर्थ्यो । यो हाम्रा विरोधीहरुको लागि निकै आश्चर्यजनक थियो ।’



    मुजाहिदका अनुसार उनी वर्षौंसम्म यसरी बचेर रहे कि अमेरिकी र अफगान सेनाले मान्न थालेका थिए कि उनी एक भूत हुन् । उनले भने–‘मेरो खोजीमा अमेरिकी सेनाले जनतासँग सोधपुछ गर्थ्यो । थाहा छैन उसले मलाई खोज्नको लागि कैयौं दर्जन अपरेशन चलायो होला । तर, मैले कहिल्यै अफगानिस्तान छोड्नेबारे सोचिन र कोसिस पनि गरिन ।’

    मुजाहिदले आफूले उत्तर पश्चिम पाकिस्तानमा रहेको हक्कानिया मदरसाबाट अध्ययन गरेको पनि स्वीकार गरेका छन् । यो मदरसालाई अन्तर्राष्ट्रिय स्तरमा तालिबान युनिभर्सिटी वा जिहाद युनिभर्सिटी भनिन्छ । मुजाहिदका साथै तालिबान सरकारका आन्तरिक मन्त्री सिराजुद्दीन हक्कानी, पानी तथा विद्युत मन्त्री मुल्ला अब्दुल लतीफ मंसुर, सूचना प्रसारण मन्त्री नजीबउल्लाह हक्कानी र उच्च शिक्षा मन्त्री अब्दुल बकी हक्कानीले पनि यही विश्वविद्यालयबाट अध्ययन गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार