Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उत्तर कोरियाद्वारा विश्वलाई नै चुनौती दिने गरी लामो दूरीको क्रुज क्षेप्यास्त्र परीक्षण

एजेन्सी। विश्वकै ध्यान अफगानिस्तानप्रति केन्द्रित रहेको बेला उत्तर कोरियाले सफलतापूर्वक एउटा नयाँ प्रकारको लामो दूरीमा प्रहार गर्न सकिने क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको जनाएको छ।

उक्त क्षेप्यास्त्रले जापानको धेरै भागमा प्रहार गर्न सक्ने उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले जनाएको छ।

उसका अनुसार शनिवार र आइतवार दुईवटा क्षेप्यास्त्र परीक्षणका लागि प्रहार गरिएको थियो।

दुवै क्षेप्यास्त्र १,५०० किलोमिटर टाढासम्म पुग्न सक्ने उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएले जनाएको छ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले गत जनवरीमा पदभार ग्रहण गरेलगत्तै उत्तर कोरियाले क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको थियो।

ब्यालिस्टीक क्षेप्यास्त्र र आणविक कार्यक्रमका कारण प्योङयाङमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइएको छ।

उत्तर कोरियासँग लामो समयदेखि कायम कूटनीतिक गतिरोधका विषयमा टोक्योमा अमेरिका, जापान र दक्षिण कोरियाका अधिकारीहरूबीच हुन लागेको छलफलको पूर्वसन्ध्यामा पछिल्लो परीक्षण गरिएको हो। - बिबिसीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077