Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको नेतामा पाण्डे

हेटौंडा । नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको संसदीय दलको नेतामा प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद पाण्डे चयन भएका छन्। नेकपा (एकीकृत समाजवादी) का जेष्ठ प्रदेशसभा सदस्य माधवप्रसाद पौडेलको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले संसदीय दलको नेतामा पार्टीका केन्द्रीय सदस्य पाण्डेलाई सर्वसम्मतरूपमा चयन गरेको हो।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई आफ्नो दलको तर्फबाट समर्थन नरहेको जानकारी प्रदेशसभा सचिवालयलाई गराइएको पनि बताइएको छ। ‘हामीले मुख्यमन्त्री कार्यालयलगायतलाई पनि आफ्नो दल अलग्गिएको र निर्वाचन आयोगले दललाई मान्यता दिएको जानकारी गराएका छौँ’, प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईँले भनिन्।

उनले अब गठबन्धनसँग छलफल गरेर मुख्यमन्त्री शाक्यविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे छलफल गरिने जानकारी दिइन्। “भोलि हाम्रो गठबन्धनको बैठक बस्छ र प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गर्ने सम्बन्धमा छलफल हुन्छ” उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077