काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घटिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा संक्रमणमुक्त हुनेको संख्या १ हजार ४२३ रहेको छ भने १३ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार ७ हजार ८७८ पीसीआर परीक्षणमा ८३८ जना र ३,१४० एन्टिजेन परीक्षणमा ७३ जना गरी ९११ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संख्या गत चैतमा कोरोना महामारीको दोस्रो लहर सुरु भएयताको सबैभन्दा कम हो । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ९ सय ४९ जना पुगेका छन् । नेपालमा अहिले २५ हजार १ सय ७१ जना सक्रिय संक्रमित रहेका छन् ।
Leave a Reply