Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • एमाले नेताहरुसँग सभामुखले थाले छलफल

    एमाले नेताहरुसँग सभामुखले थाले छलफल

    अनलाइन नेपाल
  • आइतबार, २७ भाद्र २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । १५ मिनटका लागि प्रतिनिधिसभा बैठक रोकेका सभामुख अग्निप्रसाद सापकोटा एमाले नेताहरुसँग छलफल गरेका छन्। एमाले सांसदहरूले नाराबाजी गरेपछि सभामुख सापकोटाले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।

    सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारीसँग छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।सचिवालयका अनुसार सभामुखको च्याम्बरमा भइरहेको छलफलमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी रहेका छन् ।



    सभामुख सापकोटाले प्रतिनिधिसभाको आजको बैठकको कारवाही प्रारम्भ हुन्छ भन्ने वित्तिकै आफ्नो सिटबाट उठेर सभामुखको आसनअघि पुगेर संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, गैर सांसदलाई प्रवेश निषेध गरर पार्टी फुटाउन पाइदैन भन्नेलगायतका नारा लगाएर विरोध गरेका थिए।



    यसअघि गत बुधबार र शुक्रबार पनि एमाले सांसदहरुले बैठकमा नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार