Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • संसदमा एमाले : संसदीय मर्यादा कायम गर, सभामुख भन्छन्- मर्यादा कायम गर्न शान्त हुनुहोस्

    संसदमा एमाले : संसदीय मर्यादा कायम गर, सभामुख भन्छन्- मर्यादा कायम गर्न शान्त हुनुहोस्

    अनलाइन नेपाल
  • आइतबार, २७ भाद्र २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको  बैठक १५ मिनटका लागि स्थगित गरेका छन् ।

    एमाले सांसदहरूले नाराबाजी गरेपछि सभामुख सापकोटाले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।



    सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकको कारवाही प्रारम्भ हुन्छ भन्ने वित्तिकै आफ्नो सिटबाट उठेर सभामुखको आसनअघि पुगेर संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउन पाइदैन भन्ने नारा लगाइरहेका छन् ।



    सभामुख सापकोटाले बिरोध गरिरहेका सांसदहरुले उठाएको विषयको मुद्धा सर्वोच्चमा विचाराधीन रहेको बताएका छन् । सभामुख सापकोटाले निरन्तरको अबरोध र आफ्नो मात्रै अधिकारका कुराले अन्य सांसदहरुको अधिकार हनन हुने पनि बताएका छन्।  यस्तै सभामुख सापकोटाले संसदीय मर्यादा कायम गर्नकै लागि शान्त हुन आग्रह गरेका छन्।

    यद्यपि एमाले सांसदहरुले नारावाजी जारी राखेका छन् । यसअघि गत बुधबार र शुक्रबार पनि एमाले सांसदहरुले बैठकमा नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार