Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • यूएस ओपन टेनिस : महिला ग्रान्ड स्लामतर्फको उपाधि १८ बर्षिया राडुकानुलाई, पुरस्कारमा पाइन् १८ लाख डलर

    यूएस ओपन टेनिस : महिला ग्रान्ड स्लामतर्फको उपाधि १८ बर्षिया राडुकानुलाई, पुरस्कारमा पाइन् १८ लाख डलर

    अनलाइन नेपाल
  • आइतबार, २७ भाद्र २०७८
  • 1.1K
    SHARES

    एजेन्सी। एम्मा राडुकानुले ब्रिटेनको ४४ वर्ष लामो प्रतीक्षालाई अन्त्य गर्दै महिला ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा यूएस ओपन टेनिसको फाइनलमा क्यानडाकी लेला फर्नान्डेजलाई हराएकी छन्।

    १८ वर्षीया राडुकानुले न्यूयोर्कमा आफ्नो अविश्वसनीय यात्रा पूरा गर्ने क्रममा १९ वर्षीया फर्नान्डेजलाई सोझो सेटमा ६-४, ६-३ ले हराएकी थिइन्।



    ब्रिटेनका लागि ४४ वर्षअगाडि ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा विम्बल्डन जितेकी भर्जिनिया वेड खेल हेर्न उपस्थित थिइन्।



    उपाधिसँगै राडुकानुले १८ लाख अमेरिकी डलर पुरस्कार पाइन् भने अब उनी विश्वकी २३औँ वरियताकी र ब्रिटेनकी पहिलो वरियताकी टेनिस खेलाडी हुनेछिन्।

    यो विजयसँगै राडुकानु

    • सन् १९६८ मा भर्जिनिया वेडले जितेयता यूएस ओपन जित्ने पहिलो ब्रिटिश महिला बनेकी छन्
    • ग्रान्ड स्लाम उपाधि जित्ने छनौट प्रतियोगिताबाट आएकी पहिलो खेलाडी बनेकी छन्
    • सन् २००४ मा मारिया सारापोभाले विम्बल्डन जितेयता ग्रान्ड स्लाम जित्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छन्
    • ग्रान्ड स्लाम जित्ने ब्रिटेनकी सबैभन्दा कान्छी खेलाडी बनेकी छन्
    • सन् २०१४ मा सेरेना विलियम्सपछि एउटा पनि सेट नहारी यूएस ओपन जित्ने पहिलो खेलाडी बनेकी छन्।

    विजयपछि ब्रिटिश महारानी र प्रधानमन्त्रीले राडुकानुलाई बधाई दिएका छन्। (बीबीसीको सहयोगमा)

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार