Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • संखुवासभा हत्याकाण्ड:

    अभियुक्त कार्कीको बयान-‘काकालाई मात्र मार्ने टार्गेट थियो, सबैले देखेपछि एउटै चिर्पटले हाने’

    अभियुक्त कार्कीको बयान-‘काकालाई मात्र मार्ने टार्गेट थियो, सबैले देखेपछि एउटै चिर्पटले हाने’

    अनलाइन नेपाल
  • आइतबार, २७ भाद्र २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    संखुवासभा । संखुवासभा सामूहिक हत्याकाण्डका आरोपीत लोकबहादुर कार्कीलाई प्रहरीले आज सार्वजनिक गरेको छ । २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो ।

    प्रहरीका अनुसार अभियुक्त लोकबहादुरले काका तेजबहादुरलाई मात्र टार्गेट गरे पनि सबैले देखेपछि एउटै चिर्पटले हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन्।



    आइतबार इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गर्दै अभियुक्तको बयानबारे प्रदेश १का प्रहरी प्रमुख डीआईजी अरुण बिसीले यस्तोबताएका दिएका हुन् । बयानको क्रममा प्रहरीसमक्ष लोकबहादुरले भनेका छन्,‘निक्कै अपमान गरेपछि काकालाई मार्ने लक्ष्य लिएको थिएँ, सबैले देखेपछि सबैलाई चिर्पटले हानें अनि उक्त चिर्पट अगेनामा डढाएँ।’



    दाउराको चाङबाट चिर्पट निकालेर खोल्सामा तेजबहादुरमाथि आक्रमण गर्दा गुहार गुहार गरेपछि परिवारका अन्य सदस्यले पनि देखेकालेसबैको हत्या गरेको लोकबहादुरले प्रहरीसमक्ष कबुलेका छन्।

    प्रहरीका अनुसार लोकबहादुरले सुरुमा तेजबहादुरको हत्या गरेका थिए । सोमबार विहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमा कुरेर बसेका लोकबहादुरले अचानक आक्रमण गरेर हत्या गरेका थिए । तेजबहादुरलाई हत्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गएका थिए । घरनजिकै रहेको खोला छेउमा दुवैलाई हत्या गरे ।

    आमा र हजुरआमालाई हत्या गरेको ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीले देखेपछि प्रमाण मेटाउन लोकबहादुरले उनीहरुलाई पनि लखेटेर बारीमा हत्या गरेका थिए । त्यसपछि घरमा पसेर लोकबहादुरले कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरीको दावी छ ।

    घटनास्थलमा संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितका अनुसन्धान अधिकृतहरूले हत्या अनुसन्धान गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार