Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • संखुवासभा सामूहिक हत्याकाण्ड

    यी हुन् सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर, जसले आफ्नै काकाको परिवारलाई सखाप पारे

    यी हुन् सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर, जसले आफ्नै काकाको परिवारलाई सखाप पारे

    अनलाइन नेपाल
  • आइतबार, २७ भाद्र २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    संखुवासभा । संखुवासभा सामूहिक हत्याकाण्डका आरोपीत लोकबहादुर कार्कीलाई प्रहरीले आज सार्वजनिक गरेको छ । २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो ।

    प्रहरीका अनुसार गत सोमबार बिहान लोकबहादुरले मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेका हुन्।



    लोकबहादुरले हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले बताएको छ।



    प्रहरीका अनुसार लोकबहादुरले सुरुमा तेजबहादुरको हत्या गरेका थिए । सोमबार विहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमा कुरेर बसेका लोकबहादुरले अचानक आक्रमण गरेर हत्या गरेका थिए । तेजबहादुरलाई हत्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गएका थिए । घरनजिकै रहेको खोला छेउमा दुवैलाई हत्या गरे ।

    आमा र हजुरआमालाई हत्या गरेको ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीले देखेपछि प्रमाण मेटाउन लोकबहादुरले उनीहरुलाई पनि लखेटेर बारीमा हत्या गरेका थिए । त्यसपछि घरमा पसेर लोकबहादुरले कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरीको दावी छ ।

    घटनास्थलमा संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितका अनुसन्धान अधिकृतहरूले हत्याको अनुसन्धान गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार