Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • अफगानिस्तानमा तालिबानको कब्जापछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने

    अफगानिस्तानमा तालिबानको कब्जापछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने

    अनलाइन नेपाल
  • शनिबार, २६ भाद्र २०७८
  • 1.8K
    SHARES

    इस्लामावाद– पाकिस्तान इन्टरनेसनल एयरलाइन्सले अर्को हप्तादेखि इस्लामाबाददेखि काबुलसम्मको व्यावसयिक उडान गर्ने भएको छ। उक्त एअरलाइन्सका प्रवक्ताले जनाएअनुसार अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछिको यो नै पहिलो अन्तर्राष्ट्रिय व्यावसियक उडान हुनेछ।

    प्रवक्ता अब्दुल्लाह अफिज खानलमा अनुसार उक्त उडानको सम्पूर्ण तयारी पूरा भएको छ। विमान ९ए ३२०० ले सेप्टेम्बर १३ मा इस्लामावाद देखि काबुलको उडान गर्नेछ। यसो त पाकिस्तान र तालिबानबीच राम्रो सम्बन्ध रहेको छ। तालिबानले अफगानिस्ता कब्जा गर्दा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बधाई दिँदै अफगानिस्तान गुलामीको चक्रबाट मुक्त भएको बताएका थिए।



    तालिबानले पाकिस्तानले पहिलेदेखि नै आर्थिकसँगै, बौद्धित सहयोग गरेको आरोप लागिरहेको छ। तर उसले यसलाई स्वीकार भने गरेको छैन। तालिबानका लागि टाउको दुखाई बनेको पञ्जशीर उपत्यका कब्जा गर्न पास्तिानले सघाएको पनि बताइएको थियो। पाकिस्तानको ड्रोन हमलाको मद्धतमा तालिबानले पञ्जाशीर कब्जा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार