Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • ‘पैसाको सत्यानाश’ भन्दै तालिबान सरकारद्वारा शपथ ग्रहण रद्ध : चीन, पाकिस्तान र रुस हिस्स

    ‘पैसाको सत्यानाश’ भन्दै तालिबान सरकारद्वारा शपथ ग्रहण रद्ध : चीन, पाकिस्तान र रुस हिस्स

    अनलाइन नेपाल
  • शनिबार, २६ भाद्र २०७८
  • 3K
    SHARES

    एजेन्सी । अफगानिस्तानको नयाँ तालिबान सरकारले शपथ ग्रहण कार्यक्रम रद्ध गरेको छ। तालिबान सरकारले शपथ ग्रहण समारोहलाई पैसा र स्रोतको सत्यानाश भएको बताएको छ।

    देशको राजधानी काबुल बब गरेको करिब एम महिना पुग्नै लाग्दा तालिबानले अन्तरिम सरकारको घोषणा गरेको थियो। मुल्ला हसन अखुन्दजादालाई प्रधानमन्त्री बनाइएको छ भने मुल्ला अब्दुल गनी बरादर उपप्रधानमन्त्री बनेका छन्।



    बरादरबाहेक मुल्ला अबदस सलामलाई पनि उपप्रधानमन्त्री बनाइएको छ। यसैबीच तालिबान सरकारले शपथ ग्रहण भने रद्ध गरेको छ। नयाँ मन्त्रीहरुको सूचि सार्वजनिक भएसँगै उनीहरुले छिट्टै शपथ लिने विश्वास गरिएको थियो। जसमा चीन, पाकिस्तान, रुसलगायतलाई आमन्त्रण गरिने अपेक्षा गरिएको थियो। तर तालिबान सरकारले यसलाई पैसा र स्रोतको सत्यानाश भन्दै रद्ध गरेको हाे।



    तालिबाने ९–११ कै दिन शपथ लिने बताइएको थियो। २० वर्ष अघि आजकै दिन अमेरिकामा भएको भयानक हमलालाई दृष्टिगत गर्दै उक्त कार्यक्रम हुन सक्ने बताइएको थियो। यसै अवसरमा तालिबानसँग औपचारिक वार्ता गर्नका लागि तयार भएका चीन, पाकिस्तान र रुस भने अलमलमा परेका छन्। हाल उनीहरु तालिबानसँगको सम्बन्ध मजबुत बनाउने तयारीमा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार