Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • संखुवासभा सामूहिक हत्याकाण्ड : भतिजाले अपराध स्वीकारेको प्रहरीको दावी

    संखुवासभा सामूहिक हत्याकाण्ड : भतिजाले अपराध स्वीकारेको प्रहरीको दावी

    भाेली पत्रकार सम्मेलन

    अनलाइन नेपाल
  • शनिबार, २६ भाद्र २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एक परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका छिमेकी लोकबहादुर कार्कीले अपराध स्वीकारेको प्रहरीले दावी गरेको छ । नाताले भतिजो पर्ने २५ वर्षीय कार्कीले पारिवारिक रिसइवीका कारण हत्या गरेको प्रहरीको अनुसन्धानका क्रममा स्वीकारेका हुन् ।

    गत सोमबार मादी नगरपालिका–१ स्थित ५७ तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको अवस्थामा शव फेला परेको थियो । तेजबहादुर र लोकबहादुर नाताले काका–भतिज हुन् । भदौ २१ मा विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो । शव फरक–फरक चार स्थानमा फेला परेको थियो ।



    आरोपीले प्रहरीलाई दिएको बयानमा अपराध स्वीकार गरेको अनुसन्धानमा संलग्‍न प्रहरीले अनलाईन नेपाललाई बताए । स्रोतले भन्यो–‘आवेगमा लोकबहादुर एक्लैले तेजबहादुरसहित ६ जनाको ज्यान लिएको अनुसन्धानबाट थाहा भएको छ ।’



    प्रहरी स्रोतका अनुसार लोकबहादुरले सुरुमा तेजबहादुरको हत्या गरेका थिए । सोमबार विहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमा कुरेर बसेका लोकबहादुरले अचानक आक्रमण गरेर हत्या गरेका थिए । तेजबहादुरलाई हत्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गएका थिए । घरनजिकै रहेको खोला छेउमा दुवैलाई हत्या गरे ।

    आमा र हजुरआमालाई हत्या गरेको ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीले देखेपछि प्रमाण मेटाउन लोकबहादुरले उनीहरुलाई पनि लखेटेर बारीमा हत्या गरेका थिए । त्यसपछि घरमा पसेर लोकबहादुरले कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरीको दावी छ ।

    प्रहरीले यस सम्बन्धी विस्तृत विवरण आइतबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ ।

    घटनास्थलमा संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितका अनुसन्धान अधिकृतहरूले हत्या अनुसन्धान गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार