Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सामूहिक हत्याकाण्डमा कार्की परिवारकै छिमेकी पक्राउ

    सामूहिक हत्याकाण्डमा कार्की परिवारकै छिमेकी पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २६ भाद्र २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    संखुवासभा । मादी नगरपालिका–१ उमलिङको खोलागाउँमा सामूहिक हत्या आरोपमा प्रहरीले एक जना २५ वर्षीय छिमेकीलाई पक्राउ गरेको छ ।

    प्रहरीले आइतबार  व्यक्तिलाई सार्वजनिक गर्ने जनाएको छ । पक्राउ परेका व्यक्ति छिमेकीको घर घटना घटेको घरबाट करिब १ सय ५० मिटरको दूरीमा रहेका छन्।



    हत्यामा प्रयोग भएको रड भेटिएपछि ती  युवक शङ्काको घेरामा थिए । घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।



    तर, उनले अपराध भने कबुल गरेका छैनन ।

    घटनास्थलमा प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी0 र संघीय इकाई प्रहरी कार्यालय धरानसमेतको टोली खटिएको छ । मादी नगरपालिका–१ स्थित तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको सोमबार बिहान शव फेला परेको थियो ।

    तेजबहादुर कार्की, आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्कीको सामुहिक हत्या भएको थियो । घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको र हत्या आरोपीलाई आइतबार सार्वजनिक गरिने प्रहरी स्रोतको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार