Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिरहाबाट नक्‍कली नोट छाप्ने मेसिन र लाखौं रकमसहित ३ जना पक्राउ

सिरहा। सशस्त्र प्रहरीले सिरहाबाट नक्कली नेपाली नोट छाप्ने मेसिन र नगदसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका वडा नं. १२ बस्ने २५ वर्षीय धिरज यादब, संजय राय र कल्याणपुर नगरपालिका वडा नं.७ बस्ने २४ वर्षीय विमलेन्द्र कुमार नायक छन् ।

सशस्त्र प्रहरीले उनीहरुलाई गोलबजार नगरपालिका ६ स्थित विरेन्द्र महतोको घरबाट  पक्राउ गरेको हो ।

महतोको घर खानतलासी गर्दा उनीहरुको साथबाट ६ लाख ८४ हजार नक्कली नेपाली नोट, नोट छाप्ने मेशिन,  ल्यापटप र मोटरसाइकलसमेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

तीनैजनालाई  थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय गोलबजारस्थित नेपाल प्रहरीको टोलीलाई बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077