Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • कोरोनापछि नेपालमा निपा भाइरस संक्रमणको खतरा, यस्ता छन् लक्षणहरु

    कोरोनापछि नेपालमा निपा भाइरस संक्रमणको खतरा, यस्ता छन् लक्षणहरु

    अनलाइन नेपाल
  • शुक्रबार, २५ भाद्र २०७८
  • 1.8K
    SHARES

    काठमाडौं — विश्व कोरोना भाइरसको संक्रमणबाट ग्रसित छ। लामो समय बितिसक्दा पनि न भाइरस रोक्ने शतप्रतिशत प्रभावकारी खोप बन्न सकेको छ न कोरोनाको जोखिम नै टरेको छ।

    यस्तो अवस्थामा फेरि विश्वभर अन्य प्रकारका प्राणघातक भाइरसको संक्रमण देखिन थालेको छ। हाल छिमेकी राष्ट्र भारतको केरलमा निपा भाइरसको संक्रमण पुष्टिसँगै नेपालमा जोखिम बढेको छ। सेपटेम्बर ५ मा निपा भाइरसबाट १२ वर्षीय एक बालकको मृत्यु भइसकेको छ।



    विश्व स्वास्थ्य संगठनका अनुसार निपा भाइरस जुनोटिक भाइरस हो जुन जनावरबाट मानिसमा सर्ने गर्दछ। यो भाइरस दूषित खाना र मानिसबाट मानिसमा सिधै पनि सर्न सक्छ। भाइरबाट संक्रमित जनावर जस्तै चमेरो तथा सुँगुरको थुक र पिसाबबाट मानिसमा सर्न सक्छ।



    अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार यो भाइरस पहिलोपटक मलेसिया तथा सिंगापुरमा सन् १९९८–९९ मा देखिएको थियो। यो भाइरसको नाम मलिसियाको एक गाउँबाट राखिएको हो।

    यो भाइरस पहिलोपटक घरपालुवा सुँगुरमा देखिएको थियो जसबाट ३ सय जना संक्रमित बन्न पुगेका थिए र १०० जनाको मृत्यु भएको थियो। भाइरस नियन्त्रणका लागि १० लाखभन्दा बढी सुँगुर पनि मारिएको थियो। त्यसपछि यता भने उक्त ठाउँमा संक्रमण देखिएको छैन तर भारत र बंगलादेशमा भने बेला–बेलामा संक्रमण देखिएको छ।

    निपा भाइरसको संक्रमण भएका गम्भीर प्रकारका लक्षणहरु देखिन्छन्। सुरुमा यसले मस्तिष्क सुनिन्छ जसलाई इन्सेफ्लाइटिस पनि भनिन्छ। यसले मृत्यु पनि गराउन सक्छ। भारत र बंगलादेशमा देखिएको यो भाइरसको संक्रमण फलफूलबाट पाइएको छ। काँचो खजुरका जुस यदि चमेरोले खाएको छ भने त्यसको पिसाब तथा थुकबाट मानिसमा सर्न सक्छ। त्यसैले फलफूल खाँदा मज्जाले धोएर अनि ताछेर खानुपर्ने चिकित्सकको सुझाव छ।

    भाइरसको सम्पर्कमा आएको ४ देखि २ हप्ताभित्रको समयमा लक्षणहरु देखा पर्न सक्छन्। ४५ दिनसम्म पनि लक्षणहरु देखिन सक्ने बताइएको छ।

    विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमितमा ज्वरो तथा टाउको दुख्ने लक्षण ३ दिनदेखि २ हप्तासम्म पनि देखिन सक्छ। यो भाइरसले खोकी, घाँटी दुख्ने तथा श्वास फेर्न अप्ठ्यारो पनि गराउन सक्छ।

    यदि संक्रमितमा इन्सेफ्लाइटिसको समस्या देखिन थाल्यो भने निद्रा लाग्ने, शारीरिक विचलन महसुस हुनुका साथै मानसिक भ्रम हुने र एक– दुई दिनमै कोमा पनि गराउन सक्छ।

    यो रोग मज्जाले निको हुने भए पनि भाइरसको लामो समयसम्म पनि साइड इफेक्ट हुन सक्छन्। निरन्तर झट्का लागेजस्तो हुनु र व्यक्तित्वमा परिवर्तन पनि आउन सक्छ।
    विज्ञहरुले नेपालमा पनि यो भाइरसको जोखि उच्च रहेको चेतावनी दिउका छन्। हालसम्म औषधी तथा खोप पत्ता नलागेको यस भाइरस फैदिएका धेरै मानिसको ज्यान जाने खतरा रहेको बताइन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार ४० देखि ७५ प्रतिशत केसमा मृत्यु हुन सक्छ विश्व स्वास्थ्य संगठनले यो रोगलाई प्राथमिकतामा पर्ने रोग भनेर बताएको छ।

    त्यसमाथि नेपालमा यो भाइरस परीक्षण गर्ने सुविधाहरु उपलब्ध भइसकेका छैनन्। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भने यो परीक्षण सम्भव छ। हालसम्म नेपालमा निपा भाइरसका केस देखिएका छैनन्।

    शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार नेपालमा यो भाइरस पुष्टि नभएतापनि पनि जोखिममा रहेको बताउँछन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले भारतको केरलमा निपा भाइरसको संक्रमण बढिरहेकाले सबैले सतर्कता अपनाउनुपर्ने आग्रह गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार