Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • संसद बैठक : यीनै हुन् तिनी जसले सभामुखको टाउको फुटाउन गृहमन्त्रीको माइक तानिन्

    संसद बैठक : यीनै हुन् तिनी जसले सभामुखको टाउको फुटाउन गृहमन्त्रीको माइक तानिन्

    अनलाइन नेपाल
  • शुक्रबार, २५ भाद्र २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । रौतहटबाट समानुपातिकमा निर्वाचित भएकी नेकपा एमालेकी सांसद रेखाकुमारी झाले सभामुख अग्निप्रसाद सापकोटालाई अब सभामुख मान्न नसकिने बताएकी छिन्। सांसद झाले सभामुखको भूमिका एकपक्षीय र संसदीय पद्धतिविपरित रहेको भन्दै अब सभामुख मान्न नसकिने बताएकी हुन्।

    शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद झाले आज सभामुख सापकोटाको टाउको फुटाउने योजना भएको बताइन्। आफूले माइक तानेर प्रहार गर्न खोेजेको स्वीकार गर्दै सांसद झाले पत्रकारहरुसँग भनिन्, ‘आज सभामुखको टाउको नै फुटाउन खोजेको थिए, तर मिलेन’ उनले भनिन्, ‘ संसद्को मर्यादा छ नि । विरोध भइरहेको छ । हामी नारा लगाइरहेका छौँ बैठक चलाउने ?’ आक्रोशित प्रश्न तेर्स्याइन ।



    यस्तै, उनले आजको उक्त मौका नमिलेपनि आगमी बैठकमा मौका मिल्नेबित्तिकै हान्ने बताएकी छन् । उनले भनिन्, अहिले हानेको छैन मौका मिल्यो भने हान्छौँ ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार